नेपाली   |  English

प्रकाश सपुतको ‘बदला बरिलै’ फिल्म जस्तै,२ दिनमै यूट्युवको ट्रेन्डिङ न.१ मा


A A A

सारा नेपालीलाई कहि न कहि आफ्नै भोगाई भएको आभास दिलाउने खालका सृजना पस्किएका छन् । चाहे त्यो बोल माया होस चाहे,त्यो बदला बरिलै ।

काठमाडौं – पछिल्लो समय नेपाली गीत संगीतमा उच्छृङ्खल शब्द र दृश्य अर्थात भिडियोले नेपाली संगीत क्षेत्रमाथी थुप्रै प्रश्नहरु उठाइरहेको छ । विभिन्न पर्वका नाममा होस् वा अन्य समयमा पनि गीत संगीतलाई सांस्कृतिक तवरमा भन्दा पनि भाइरल बन्ने प्रवृतीले गाजिरहेको अवस्था छ । राम्रा गीतकार , संगीकार नभएका होइन,संस्कृती जोगाउने,समाज बदल्ने र समाजको घटनालाई संगीत मार्फत उर्तार्ने संगीतकर्मी थुप्रैै छन् । उनीहरुको कर्म पनि निरन्तर संगीतलाई कसरी नयाँ उचाईमा पु¥याउने मौलिक संगीतलाई कसरी बचाउँने भन्नेमै लागिपरिरहेका छन् । तर पछिल्ला समय केही गीत संगीतलाई भाइरलका नाममा होस् वा युट्युवको भ्यूज बढाउने ट्रेन्डिङमा पु¥याउने होडबाजीले न त त्यहाँ शब्द चयनमा ध्यान दियो नत दृश्य सम्पादनमै । यस्ता संगीतले नत समाज बदल्छ नत मौलिक संस्कृतीलाईनै बचाउँछ । बचाउँछ त केवल भल्गारिटी ।समाजमा नकरात्मक धारणा पैदा गराउँछ ।

त्यही संगीतक्षेत्र भित्र,नेपाली संगीत क्षेत्रमा नयाँ ताराहरु पनि उदाएका छन् । जसले नेपाली समाजको विभेदीकरण होस् वा अपहेलना,जात धर्म,वर्णबाट भइरहेका विभेदका विरुद्ध निरन्तर आफ्ना प्रस्तुती पस्कीरहेका छन् । समाजलाई जगाइरहेका छन् । समाज बदल्ले समाजको नकरात्मक प्रवृति बदल्ने कार्यमा आफ्नो क्षेत्रबाट निरन्तर लागिरहेका छन् । त्यसको पछिल्लो उदाहरण हुन प्रकाश सपुत । प्रकाशका गीत संगीतले समाजको यर्थाथ बोलेको छ । समाज बदलीनु पर्ने संदेश निरन्तर दिइरहेको छ । नेपाली जनताले भोग्नु परेका दुःख र वेदनलाई संगीत र दृश्यमा चुटुक्क उतारे सारा नेपालीलाई कहि न कहि आफ्नै भोगाई भएको आभास दिलाउने खालका सृजना पस्किएका छन् । चाहे त्यो बोल माया होस चाहे,त्यो बदला बरिलै ।

यी गीत संगीतले समाजको यर्थाथ चित्रण गरेको छ । समाजमा महिलाहरुले भोगिरहेका पीडा र दर्द बोलेको छ , दुरदराजको अवस्था र आवाज बोलेको छ । त्यसैले पछिल्लो पुस्तामा नेपाली लोक संगीतलाई बचाउने कर्ममा सपुत लागेका छन् भन्नेमा कसैको दुई मत नरहँला ।

गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत अहिले युट्युबको १ नम्बरमा छ ।

देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । यसले, प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा अझ उचाई प्रदान गर्ने निश्चित छ ।

यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा उनिएको छ । हेर्दा दर्शकलाई फिल्म जस्तै लाग्छ,नायिका केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ ।

गायक सपुतले नै निर्देशन गरेको भिडियो पनि उत्कृष्ट छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

१०–१५ मिनेटको गीतबाट पनि समाजका घटनाक्रम र समाज बदल्ने सशक्त सन्देश दिन सकिन्छ । चर्चा कमाउने नाममा उत्ताउलो र अश्लिल शब्द र दृश्य राख्नुपर्छ भन्ने सोच राख्ने त्यस्ता संगीतकर्मीलाई यो सृजनाले गतिलो झपड दिन्छ ।

यी सृजनाहरुमा मिठो पस्कनुमा प्रकाश मात्र होइन,उनलाई उनको भाई देवेन्द्र बब्लुको उत्तीकै साथ छ । बल्लु पनि नाट्य विद्यासँगै,गीत संगीत र फिल्म क्षेत्रमा पाइला टेकिरहेका छन् । प्रकाशका यी गीत संगीतमा बल्बुको थिएटरको अनुभव देखि त्यसमा प्रयोग हुने चाहे त्यो अभिनयको सवालमा होस् चाहे त्यो शब्दसँग खेल्ने भावमा होस् त्यो मिश्र्रण पनि यी सृजनाका प्रत्येक शब्द र दृश्यसँग सामज्यस्ता भएर आएका छन् । नेपाली स्रोता दर्शकले यस्ता सृजनाहरुको सदा सम्मान र साथ पक्कै दिनेछन् । भिडियो हेर्नुहोस्


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top