नेपाली   |  English

काठमाडौं उपत्यका प्रवेशमा कडाई,बेलुका ७ देखि बिहान ७ बजेसम्म आवागमन निषेध

फाइल तस्बिर

A A A

बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।

काठमाडौं - गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ ।

उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top