नेपाली   |  English

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सुचारु


A A A

काठमाडौं जाने सडक भने अवरुद्ध छ ।

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

सडकखण्डको १६ किलोमा खसेको ठूलो पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोसँगै ठूलो चट्टान झरेका कारण फोरेर पहिरो पन्छाइएको प्रहरीले जनाएको छ ।

मंगलबार राति पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । सडक एकतर्फी रुपमा सञ्चालनमा आएपछि दमौली, पोखरा लगायतका ठाँउमा जाने र चितवन आउने सवारी साधन चल्न थालेका छन् ।

काठमाडौं जाने सडक भने पृथ्वी राजमार्गको मौवाखोलामा पुल भत्किएका कारणले अवरुद्ध छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top