नेपाली   |  English

बद्रीले ल्याए ‘सेनिटाइजर घसेर, शंकर र अञ्जलीको धमका(भिडियो हेर्नुहोस्)


A A A

शंकर बिसी, अञ्जली अधिकारी, योगिश्ना खत्रीलगायतले अभिनय गरेका छन्

काठमाडौं – गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलको गीत मंगलबार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्द रविन लामिछानेले लेखेका हुन् ।

गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर छ भने गायक पंगेनीको संगीत छ । गीतमा कोरोनाबाट जोगिनुपर्ने भाव व्यक्त गरिएको छ ।

यस्तै गीतको भिडियोमा शंकर बिसी, अञ्जली अधिकारी, योगिश्ना खत्रीलगायतले अभिनय गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।

साथै दुर्गा पौडेलले खिचेको भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top