नेपाली   |  English

होटल तथा पर्यटन क्षेत्रका श्रमिकलाई आधारभूत रकम उपलब्ध गराउने हान र मजदुरसंठनबीच सहमति


A A A

व्यसायीहरुले आफ्ना श्रमिहरुलाई बन्दाबन्दी समयको समेत केही रकम उपलब्ध गराउने छन् ।

काठमाडौं - होटल तथा पर्यटन क्षेत्रका श्रमिकहरुले तलबमा केही राहत पाउने भएका छन् । कोरोना तथा लकडाउनले चौपट भएका होटल तथा पर्यटन व्यवसायीहरुले आफ्ना कर्मचारी तथा श्रमिकलाई होटलले भुक्तानी गर्नु पर्ने कूल आधारभूत रकम तय गरेर उपलब्ध गराउने भएका हुन । व्यसायीहरुले आफ्ना श्रमिहरुलाई बन्दाबन्दी समयको समेत केही रकम उपलब्ध गराउने छन् ।

होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल ३ केन्द्रीय ट्रेड युनियन संघहरुबीच असार २८ मा भएको संयुक्त सम्झौतामा बन्दाबन्दीले होटल व्यवसाय बन्द भएपनि कर्मचारी तथा मजदरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको हो । सहमति अनुसार होटलको स्तरको वर्गीकरण गर्दै सोही अनुरुप श्रमिकलाई मासिक ४३०० देखी १० हजारसम्म रकम भुक्तानी गराइने छ ।

होटलमा कार्यरत कर्मचारी तथा श्रमिहरुलाई अप्रिल १३, २०२० देखि ३१ डिसेम्बर, २०२० सम्म अर्थात पुस महिनासम्म लागू हुने गरी तलब उपलब्ध गराइने सहमतिमा उल्लेख छ । जसमा डिलक्स पाँचतारे (दईसय भन्दा माथि कोठा भएको) होटल तथा सोहिस्तरको रिसोर्टमा कार्यरत प्रत्येक श्रमिक तथा कर्मचारीहरूलाई मासिक १०,०००, दुई सय कोठा भन्दा कम भएको पाँचतारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरतहरूलाई मासिक ९,०००,सय कोठा भन्दा बढि भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरत श्रमिक तथा कर्मचारीहरूलाई ८,४५५,सय कोठा भन्दा कम भएको चार तारे होटल तथा सोहि स्तरका रिसोर्टमा कार्यरतलाई मासिक ८,०००,तीन तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरतहरूलाई मासिक ५,०००,दुई तारे तथा सोहि स्तरका रिसोर्टमा कार्यरतहरूलाई मासिक ४,३०० र एक तारे र पर्यटक स्तरीयका होटल तथा रिसोटहरूले आपसी समझदारीमा रकम उपलब्ध गराईनेछ्

यस्तै सम्झौता अवधिभित्र स्वेच्छिक अवकाश लिन चाहने, राजिनामा दिई सेवाबाट अलग हुन चाहने र उमेरको हदको कारण अवकाश पाउने वा अन्य अवस्थामा श्रमिक कर्मचारीको सेवा अन्त्य हुँदा बन्दाबन्दी अगाडि खाईपाई आएको सुविधा दिई सेवा अन्त्य गर्ने पनि सहमति भएको छ । यो सम्झौताको कार्यान्वयन र परिपालन गराउने कार्य होटल संघ नेपाल र पर्यटन
तथा होटल क्षेत्रमा क्रियासिल केन्द्रीय स्तरका सम्झौताकता ट्रेड युनियन संघहरू बीच गठन भएको अधिकार सम्पन्न संयुक्त कार्यदलले गर्नेछ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेप्टुराँ मजदुर संघ,नेपाल स्वतन्त्र होटल क्यासिनो रेप्टुराँ मजदुर युनियन, नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ र हानका अध्यक्षद्धारा हस्ताक्षरित सो सम्झौतामा भनिएको छ- 'कोभिड १९ को महामारीको कारणले नेपाल सरकारले चैत्र ११, २०७६ देखि पूर्णरूपमा बन्दाबन्दी गरेको तथा अन्तर्राष्ट्रिय रूपमा बढ्न गएको महामारीले गर्दा होटल व्यवसाय पूर्ण रूपमा बन्द हुन गएको र निकट भविष्यमा पनि संचालन हुन नसक्ने अवस्था देखिएको छ । यसरी बन्दाबन्दीले होटल व्यवसाय पूर्ण रूपमा बन्द रहेको कारणले होटल संघ नेपालका सदस्य होटलहरूको आम्दानी शन्य हुन गई आर्थिक रूपमा धरासायी हुन गएको अवस्थामा सदस्य होटलले आफ्ना कामदार कर्मचारीको व्यवस्थापनका लागि श्रम ऐन कानून बमोजिम सेवा सविधा उपलब्ध गराउन कठिन भएको अवस्थामा आफना श्रमिक तथा कर्मचारीलाई व्यवस्थापन गर्नका लागि भनी श्रम ऐन तथा नियममा व्यवस्था गरेको तलब भत्ता सुविधाको सट्टा होटल संघ नेपाल र पर्यटन तथा होटल क्षेत्रमा क्रियासिल मुख्य तीन वटा केन्द्रीय टेड यनियन संघका बीच कोभिर १९ को महामारीबाट सृजित अवस्थाको असर ३१ डिसेम्बर २०२० सम्म रहन सक्ने भन्ने कुरामा सहमत भर्इ अप्रिल १३, २०२० देखि डिसेम्बर ३१, २०२०सम्मका अवधीका लागि आफ्ना कर्मचारी तथा श्रमिकलाई होटलले भुक्तानी गर्नु पर्ने कूल आधारभूत रकम देहाय बमोजिम तय गरी सो बमोजिम लिने दिने गर्न दुवै पक्ष सहमत भएका छौं।'

यस्तो छ सम्झौता पत्र

hotal o

hotal1

hotel2


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top