नेपाली   |  English

दाउन्नेमा पहिरोले ट्रक र कार च्याप्यो


A A A

एउटा ट्रक र एउटा कार च्यापिएको छ

नवलपरासी - अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्ता पूर्वको दाउन्नेमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ।

पहिरोसँगै खसेको रुखले एउटा ट्रक र एउटा कार च्यापिएको छ । ट्रक र कारमा सवार मानिसहरु भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्व र पश्चिम तर्फ सवारीसाधनको लामो लाइन लागेको छ। सडकमा खसेको पहिरो हटाउनका लागि झण्डै चार घण्टा जति लाग्न सक्ने बताइएको छ ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top