नेपाली   |  English

दिपकराजलाई कसले भन्यो ‘महानायक’ ?


A A A

सामाजिक संजाल केही दिनयता ‘महानायक’को बिषयमा गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना भैरहेको छ ।

काठमाडौँ । सामाजिक संजाल केही दिनयता ‘महानायक’को बिषयमा गर्माएको छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना भैरहेको छ । उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।

दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक संजाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि ब्यङ्ग्य पनि कसेका छन् ।

‘महानायक’को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’

दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top