नेपाली   |  English

९८ वर्षीय कमेडियन कार्ल रिनरको निधन


A A A

सात दशक लामो करिअरमा उनले कैयन् अवार्ड जितेका छन्

काठमाडौं – अमेरिकाका लेखक तथा कलाकार कार्ल रिनरको निधन भएको छ । ९८ वर्षीय कार्लको सोमबार निधन भएको उनका छोरा रोम रिनरले ट्वीटरमार्फत जानकारी गराएका छन् ।

‘गएको राति मेरा बुबा बित्नुभयो, यो लेख्दा म निकै पीडामा छु,’ उनले लेखेका छन् । सीएनएनका अनुसार कार्लको आफ्नै घरमा निधन भएको छ ।

७० वर्षको करिअरमा उनले इट्स अ म्याड, ह्याप्पी एनिभर्सरी, द रसियन आर कमिङ, द जर्क लगायतका फिल्ममा काम गरेका छन् । हलिउडमा उनलाई निर्माता, लेखक, कमेडियन र कलाकार, निर्देशकका रुपमा चिनिन्छ ।

सात दशक लामो करिअरमा उनले कैयन् अवार्ड जितेका छन् । कार्लको निधनपछि हलिउड फ्यानहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top