नेपाली   |  English

बलीउड एक्टर शुशान्त सिंह राजपुतद्वारा यसकारण आत्महत्या

शुशान्त सिंह राजपुत

A A A

राजपूतले आफ्नै घरमा फाँसी लगाएर ज्यान दिएका हुन् । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा रहेको बताइएको छ । भारतिय प्रहरीका अनुसार उनि केहि महिना अघिदेखी डिप्रेशनको सिकार भएका थिए ।

बलीउड कलाकार शुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय मिडियामा प्रकाशित खबरअनुसार ३४ बर्षिय उनले मुम्बइको बान्द्रास्थित आफ्नै निवासमा आत्महत्या गरेका हुन् ।

राजपूतले आफ्नै घरमा फाँसी लगाएर ज्यान दिएका हुन् । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा रहेको बताइएको छ । भारतिय प्रहरीका अनुसार उनि केहि महिना अघिदेखी डिप्रेशनको सिकार भएका थिए ।

सुशान्त बलीउडका निकै लोकप्रिय कलाकार थिए । उनले आफ्नो करियरको शुरुवात टेलिभिजन कलाकारको रुपमा गरेका थिए । उनको पहिलो अभिनय ुकिस देश में है मेरा दिलु नामक धारावाहिकमा थियो । तर उनले एकता कपूरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चा कमाएका थिए । यसपछि उनको फिल्म यात्रा शुरु भएको थियो । उनि केहि फिल्ममा प्रमूख भूमिकामा अभिनय गरी तारिफ पाएका थिए ।

फिल्म ‘शुद्ध देसी रोमान्स’मा उनि वाणी कपूर र परिणीति चोपडाको साथमा देखिएका थिए । उनले सबैभन्दा बढि फिल्मी चर्चा भने भारतीय क्रिकेट टीमका पूर्व कप्तान एम।एस। धोनीको बायोपिक फिल्ममा धोनीको चरित्र निभाएर पाएका थिए । नीरज पाण्डेद्वारा निर्देशित एम।एस। धोनीको बायोपिक सुशान्तको करियरको पहिलो फिल्म थियो जसले सय करोडको कलेक्शन गरेको थियो ।



यसका अलावा उनले फिल्म ‘सोनचिडिया’ र ‘छिछोरे’ जस्ता फिल्ममा उनि देखिएका थिए । उनको अन्तिम फिल्म केदारनाथ हो जसमा उनि सारा अली खानको साथमा देखिएका थिए । सुशान्तको आगामी फिल्म ‘किजी और मैनी’ हो, जसको केहि समय पहिले फर्स्ट लुक आएको थियो ।

शुशान्त सिंह राजपुतको अन्तिम भिडियो  


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top