नेपाली   |  English

वर्ष २०७६ का उत्कृष्ट कलाकार

File image: Actress Meera Jee

A A A

तर, उनीहरुको अभिनयले न उनीहरु नोटिस भए न फिल्म नै । उही पूरानै कलाकारकै अभिनयले साख जोगायो । वर्ष उत्कृष्ट कलाकारको सूचीमा पूरानै नाम दोहोरिने पक्का हो ।

काठमाडौँ — गत वर्ष भन्दा यो वर्ष कमै फिल्म प्रदर्शनमा आए । गत वर्षको आधा मात्रै ५८ फिल्म वर्ष २०७६ मा प्रदर्शनमा आए । अभिनयका हिसाबले पनि यो वर्ष खासै डेब्यू कलाकारहरुले आश देखाएनन् ।

हुन त यो वर्ष पनि थुप्रै नव-कलाकारले फिल्म उद्योगमा प्रवेश गरे । तर, उनीहरुको अभिनयले न उनीहरु नोटिस भए न फिल्म नै । उही पूरानै कलाकारकै अभिनयले साख जोगायो । वर्ष उत्कृष्ट कलाकारको सूचीमा पूरानै नाम दोहोरिने पक्का हो ।


विपिन कार्की

यो वर्ष उत्कृष्ट अभिनय गर्ने कलाकारको अग्रपङ्तिमा पर्छन्, अभिनेता विपिन कार्की । विपिनलाई यो वर्षकै उम्दा कलाकार भन्दा फरक पर्दैन । हुन त यसअघि पनि विपिनले आफूलाई अभिनयमा अब्बल सावित गरेका छन् । वर्ष २०७६ मा चाहे 'जात्रै जात्रा' होस् या हाँस्यकलाकार माथि बनेको फिल्म 'सेल्फी किङ' । १० किलो सुन भेट्ने फणिन्द्र होस् या हाँस्यकलाकार गोपाल, विपिनले यी दुवै चरित्रमा आफूलाई भर्सटाइल प्रस्तुत गरेका छन् ।


उनकै अभिनयले गर्दा एक पर्दामा हामी विपिनलाई फणिन्द्रको रुपमा विश्वास गर्छौ, अनि अर्को पर्दामा गोपाल । हुन त यसअघि पनि उनले विभिन्न चरित्रमा आफूलाई अब्बल ठहराएका छन् । हरेक चरित्रमा फिट देखिन्छन् विपिन । किनकि उनी आफ्नो चरित्रमा मिहेनत गर्छन् । चरित्रमा डुबेर अभिनय गर्छन् । फरक चरित्रलाई फरक अभिनयले बाँचिदिन्छन् । आफ्नो चरित्रलाई न्याय दिने जीवन्त अभिनय गरेर दर्शकदेखि समीक्षकहरुबाट आफ्नो अभिनयको प्रशंसा बटुल्छन् उनी । यही भर्सटाइल अभिनयका कारण दर्शकमा पनि उनी प्रिय छन् ।


दयाहाङ राई

दयाहाङ राई यो वर्षको अर्का उत्कृष्ट अभिनेता हुन् । हुन त दयालाई एकै किसिमको अभिनय गर्ने कलाकारको आरोप लाग्ने गर्छ । तर, उनी चरित्रलाई आत्मासाथ गर्ने कलाकार हुन् । यो वर्ष प्रदर्शनमा आएको आप्पा, जात्रै जात्रा होस् या कबड्डी कबड्डी कबड्डी, उनले आफ्नो चरित्रलाई न्याय दिने अभिनय गरेका छन् । कबड्डीको तेस्रो सिरिज गर्दासम्म पनि उनको काजी पात्र जीवन्त लाग्छ । उनको अभिनय, हाउभाउ चरित्रसंगत नै छन् ।

'आप्पा' फिल्मको बिर्खे पात्रमा पनि दयाको अभिनय प्रशंनीय छ । बिर्खे पात्रकै अभिनयका कारण पनि फिल्मलाई केही हदसम्म माथि उठाएको छ । यद्यपि निर्देशक छनौटमा दया यस फिल्ममा पनि चुकेका थिए । स्क्रिप्ट र निर्देशक छनौटमा ध्यान नदिए दयाको अभिनय बालुवामा पानी हाले जस्तो मात्र देखिनेछ ।


सुरक्षा पन्त

अभिनेत्रीहरुमा सुरुक्षा पन्त यो वर्षकै उत्कृष्ट अभिनय गर्ने कलाकारमा पर्छिन् । 'धनपति'बाट दर्शकमा नोटिस भएकी उनी अभिनित फिल्म 'आमा' यो वर्ष प्रदर्शनमा आयो ।अभिनयका हिसाबले उनको करियरकै अहिलेसम्मको राम्रो काम गरेको फिल्म हो यो । जीवन्त अभिनय गरेर दर्शकको मन जित्न सफल अभिनेत्री सुरक्षा पनि चरित्रमा मिहेनत गर्छिन् । फिल्मकै लागि उनले आफ्नो कपालसमेत मुण्डन गरिन् । उनको चौतर्फी चर्चा पनि भयो । आफ्नो चरित्रलाई सटिक प्रस्तुत गर्न कपालसमेत काट्न पछि परिनन् । यसबाट पनि थाह पाउन सकिन्छ उनी चरित्रलाई लिएर कति गम्भीर हुन्छिन् भन्ने ।


0 प्रतिक्रिया(हरु)


प्रतिक्रिया छोड्नुहोस्।

चिन्ता नलिनुहोस्! तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिह्नित छन्। (*).


Top